नियम ३
खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने
(१) सिफारिस समितिले बोर्डको अध्यक्षका पदमा नियुक्तिका लागि सिफारिस गर्न ऐनको दफा १७ बमोजिम योग्यता पुगेका उम्मेदवारहरुलाई आवेदन पेश गर्न कम्तीमा पन्ध्न दिनको म्याद दिई पेश गर्नु पर्ने बिबरण तथा कागजात खुलाई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको सूचना बमोजिम प्राप्त हुन आएका आवेदनहरु मध्येबाट सिफारिस समितिले योग्य उम्मेदवारहरूको अल्पसूची तयार गरी त्यस्ता उम्मेदवारहरूलाई अन्तरवार्ता, व्यवसायिक कार्ययोजना र सो को प्रस्तुतीकरणको लागि आमन्त्रण गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिमका उम्मेदवारमध्येबाट सिफारिस समितिले अन्तर्वार्ता, व्यवसायिक कार्य योजना र सोः को प्रस्तुतिकरणबाट सबै भन्दा बढी अङ्क प्राप्त गर्ने बढीमा तीन जना उम्मेदवारको नाम नेपाल सरकार समक्षा सिफारिस गर्नेछ ।